Upload Date: Apr 30, 2022
Update Date: May 1, 2022
मुख्य विषयवस्तुः
बाल अधिकारको सिद्दान्त,
संरक्षण र सहभागिताको दृष्टिकोण,
परिवार राज्य र समुदायको दायित्व ।
नेपालमा बाल अधिकार कार्यान्वयनको अवस्था।
विधिः
समुह अध्ययन, विश्लेषण
प्रस्तुतीकरण
आवश्यक तालीम सामग्रीः
बाल अधिकारको सिद्दान्त तथा व्याख्या सहितको कार्ड
संरक्षण र सहभागिताको दृष्टिकोण लेखिएको कार्ड
बाल अधिकारका लागि परिवार, राज्य र समुदायको दायित्व लेखिएको न्यूज प्रिन्ट पेपर
न्यूज प्रिन्ट, फ्लिप चार्ट, मार्कर
अध्ययन सामग्रीः
(पछि कार्यपत्र तयार गरिने र कार्यपत्रमा बाल अधिकार अवधारणाको विकास, नेपालमा यसको व्यवहारिक प्रयोग, सिद्दान्त, संरक्षण र सहभागिताको दृष्टिकोण, बाल अधिकारको सम्वर्धन तथा प्रवर्धनका लागि परिवार, राज्य र समुदायको दायित्व तथा नेपालमा बाल अधिकार कार्यान्वयनको अवस्था विषय उल्लेख गरिएको हुनेछ)
प्रक्रिया/क्रियाकलापः
सामूहिक छलफल (३० मिनेट)
सहभागीहरूलार्इ निम्नानुसार प्रश्नहरू खुला रूपमा सोध्ने र धारणा बुझ्ने
बालबालिका भनेका को हुन?
अधिकार भनेको के हो?
बाल अधिकार भनेको के हो?
बालबालिकालार्इ विशेष अधिकार किन?
बाल अधिकारको व्यवहारिक प्रयोग कसरी गर्ने?
सहभागीहरूलार्इ ५ देखि 7 जनाको समूहमा विभाजन गरी देहायका प्रश्नहरूमा केन्द्रित भै छलफल चलाउने
बालबालिकाको संरक्षण र सहभागिता प्रतिको दृष्टिकोण
बाल अधिकार प्रवर्धनमा परिवार, समाज र राज्यको दायित्व
समूहगत छलफल पश्चात क्रमशः प्रस्तुतीकरण गर्ने
बाल अधिकारको अवधारणागत स्पष्टताका लागि संक्षेपीकरण सहितको प्रस्तुतीकरण गर्ने
निष्कर्षः
यस सत्रले सहभागीहरूमा बाल अधिकारको अवधारणात्मक स्पष्टता आउनुका साथै बाल अधिकारको व्यवहारिक कार्यान्वयनका लागि परिवार, समाज र राज्यको दायित्वको बारेमा बताउन सक्षम हुने छन् भने खुला छलफलमा सहभागी भै सहभागीहरूले आफ्ना धारणा तथा अनुभव बताउन सक्नेछन्